Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
५८ कर्मचारीको सरुवा भएपछि ३३ वर्षपछि टुट्यो घरपायक जागिर – Gaule Khabar

५८ कर्मचारीको सरुवा भएपछि ३३ वर्षपछि टुट्यो घरपायक जागिर

५८ कर्मचारीको सरुवा भएपछि ३३ वर्षपछि टुट्यो घरपायक जागिर

दिपेन्द्र अधिकारी,
चितवन, माघ २८–

घरपायक जागिर प्रायको रहर हुन्छ । कतिपयको बाध्यता । विद्युत् प्राधिकरणमा कार्यरत रही घरपायक जागिर खाएर निवृत्त हुने सपना देखेका कतिपयको सपना भने यतिखेर अधुरो भएको छ ।
उर्जा मन्त्रालयले लोडसेडिङको अन्त्यसँगै वर्षौदेखि एउटै कार्यालयमा रहेका कर्मचारीको अकस्मात सरूवा गरेपछि वर्षौ सम्म घर पाएक जागिर खाएकाहरु जीवनको उत्तरार्धमा आइपुग्दा सरूवा हुन बाध्य भएका छन् ।
भरतपुर वितरण शाखामा कार्यरत एक कर्मचारी ३३ वर्षपछि सरूवा भएका छन् । जागिरे जीवनको उत्तरार्धमा आइपुग्दा सरूवा होला भन्ने नसोचेका कतिपय अकस्मात सरूवामा परेका छन् । सरकारको पछिल्लो नीतिले वर्षौसम्म एउटै अड्डामा रहेकाहरु अहिले सरूवा हुन बाध्य छन् । देशभर दुई हजार तीन सय कर्मचारी सरुवा भएसँगै प्राधिकरणमा दशक बिताएकाहरु फेरबदल भएका हुन् । आजको चितवन पोष्ट दैनिकमा खबर छ ।
कम्तीमा तीन वर्षदेखि अधिकतम ३३ वर्षसम्म यस कार्यालयमा रहेर काम गरेका कर्मचारी सरूवा भएको कार्यालयले जनाएको छ । सरूवा हुनेमध्ये अधिकांश १० देखि ३० वर्षसम्म एउटै कार्यालयमा रहेर काम गरेकाहरु रहेका छन् । जागिरे जीवनको अन्तिम समयमा आएर घर पाएक जागिरबाट अन्तै सरुवा भइ जानुपर्दा उमेर ढल्केका कर्मचारीहरु भन्ने खिन्नता महसुस गरिरहेका छन् ।
कर्मचारीहरु धमाधम रमाना लिएर हिँडिरहेका छन् । भरतपुर वितरण शाखाबाट ५८ जना कर्मचारी अन्यत्र सरुवा भएको प्राधिकरणका सूचना अधिकारी अच्युत विष्टले जानकारी दिए । भरतपुरमा आउने कर्मचारीहरु अधिकांश टाँडी वितरण शाखाका रहेका छन् । यहाँका कर्मचारी हेटौंडा, टाँडी, सिमरा, पालुङलगायतका क्षेत्रमा रहेका कार्यालयमा सरूवा भई गएको उनले बताए ।
उनको अनुसार यस कार्यालयमा आउने र यहाँबाट सरुवा भइ जानेको क्रम अझै एकहप्ता सम्म चल्नेछ । मिटर रिडिङ शाखा, काउन्टर, फिल्डमा नयाँ कर्मचारी आउँदा अन्यौलता छाएको विष्टले बताए ।
नयाँ कर्मचारी अन्यौलमा परेका छन् । विद्युत् प्राधिकरणको अन्य कार्यालयबाट भरतपुर वितरण केन्द्रमा आएका कर्मचारीहरु मेसोमेलो नपाउँदा अन्यौलामा परेका हुन् । ‘हामीलाई यहाँ कम्प्युटर शाखामा जिम्मा दिइएको छ, टाँडी शाखाबाट बुधबारमात्र सरूवा भइ आएका एक कर्मचारीले भने,‘ उहाँ हुँदा बाहिर फिल्डमा काम हुन्थ्यो, यहाँ फरक जिम्मेवारी दिँदा हामी नै अन्यौलमा परेका छौं ।’ कर्मचारीले शौचालय र खानेपानी तथा क्यान्टिन समेत कुन कता छ भनेर थाहा पाउन सकेका छैनन् ।
सेवाग्राहीले फाइल लिएर कुन कोठामा जाने भन्दा कर्मचारीले बताउन सकेका छैनन् । ‘जाने कर्मचारी जाँदै छन्, यस कार्यालयमा आउनेहरु आउँदैछन्, कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले भने,‘विस्तारै सबै समस्या समाधान हुँदै जान्छ ।’ प्राविधिक क्षेत्रका साथै नयाँ ठाउँमा अन्य ठाउँबाट कर्मचारी आउनाले केही समय सेवाग्राहीलाई पनि अप्ठेरो पर्ने इन्जिनियर पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका