Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मन्त्रिपरिषद्ले निर्वाचन मिति तोकेन, निर्वाचनको तयारी गर्न आयोगलाई आग्रह – Gaule Khabar

मन्त्रिपरिषद्ले निर्वाचन मिति तोकेन, निर्वाचनको तयारी गर्न आयोगलाई आग्रह

मन्त्रिपरिषद्ले निर्वाचन मिति तोकेन, निर्वाचनको तयारी गर्न आयोगलाई आग्रह

काठमाडौ,माघ २०-

मन्त्रीपरिषद् बैठकले निर्वाचन सम्बन्धी सबै कानुन पारित भएकाले निर्वाचको तयारी गर्न निर्वाचन आयोगलाई लिखित आग्रह गर्ने निर्णय गरेको छ। बैठकले स्थानीयतहको निर्वाचन मिति तोक्ने आंकलन गरिए पनि बैठकमा मिति तोक्ने विषयमा कुनै निर्णय गरेन।

सरकारका प्रवक्ता सञ्चारमन्त्री सुरेन्द्र कार्कीका अनुसार निर्वाचनका लागी आवश्य सबै कानुन पारित भइसकेकाले निर्वाचनको तयारीका लागि आवश्यक काम गर्न आयोगलाई लिखित रुपमा आग्रह गर्ने निर्णय भएको छ।

स्थानीय तह कति भन्नेबारे स्थानीय तह निर्धारण आयोगले बुझाएको प्रतिवेदन मधेसी मोर्चाले स्विकार गरेको छैन। उसले प्रतिवेदन परिमार्जनको माग गर्दै आएको छ।

बिहीबारको बैठकले आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ। अध्ययन समितको संयोजक स्थानीय विकास मन्त्री हितराज पाण्डे छन् भने मन्त्री नविन्द्रराज जोशी र दिपक बोहारा सदस्य छन्। समितिलाई अध्यनन गरी प्रतिवेदन बुझाउन १५ दिनको समय दिएको कार्कीले बताए।

बैठकले सह सचिव शिशिर ढकाललाई सचिवमा बढुवा गरेर यमकुमार खतिवडालाई कामु सचिव बनाउने निर्णय समेत गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका