Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जुम्ल्याहा दाजु-भाईले जुम्ल्याहा दिदी–बहिनी बिहे गरे, श्रीमती चिन्नै गाह्रो भएपछि… – Gaule Khabar

जुम्ल्याहा दाजु-भाईले जुम्ल्याहा दिदी–बहिनी बिहे गरे, श्रीमती चिन्नै गाह्रो भएपछि…

जुम्ल्याहा दाजु-भाईले जुम्ल्याहा दिदी–बहिनी बिहे गरे, श्रीमती चिन्नै गाह्रो भएपछि…

एजेन्सी। उस्तै देखिने जुम्ल्याहाहरु चिन्न धेरैलाई मुस्किल पर्छ । उनीहरुलाई उस्तै उस्तै देखेर मानिसहरु झुक्किन्छन् र हाँस्छन् । तर जुम्ल्याहाको पिडा आफ्नै ठाँउमा छ । यदी कसैले आफ्ना दुई उस्तै जुम्ल्याहालाई अर्को जुम्ल्याहा दिदीबहिनी वा दाजुभाईसँग बिहे गरिदिन्छ भने समस्या सुरु हुन्छ । उनीहरुका श्रीमान् वा श्रीमतीलाई नै आफ्ना पार्टनर चिन्न समस्या हुन्छ । यस्तो समस्यालाई हल गर्नका लागि चीनमा भर्खरै बिहे गरेका दुई जुम्ल्याहा जोडीले प्लास्टिक सर्जरी गर्ने निर्णय गरेका छन् ।

चीनको सान्छी प्रान्तका जुम्ल्याहा दाजुभाई झाओ छिन र झाओ सुनले छिमेकी गाउँका दुई जुम्ल्याहा दिदीबहिनी यिन फेइ र युन यांगसँग डेटिंग सूरु गरेदेखी नै समस्या सूरु भयो । उनीहरु एउटै विद्यालयमा पढ्ने गर्दथे । गत महिना उनीहरु विवाह बन्धनमा बाँधिए । दाजूभाई र दिदीबहिनी दुबै उस्तै भएका कारण अहिले यो जोडी समस्यामा छ । उनीहरुको आवाज समेत उस्तै छ । उनीहरुको विवाहका दिन आएका पाहुना तथा आफ्नै अभिभावकलाई समेत उनीहरुलाई चिन्न अफ्टेरो भएको थियो ।

प्लास्टिक सर्जरीको उपाय भने त्यतिबेला मात्रै फुर्यो जतिबेला एक भाईले गल्तिबस आफ्नै अर्का भाईकी श्रीमतीको आफ्नी श्रीमती सम्झेर समाए । झाओ छिले यस्तो गरेपछि उनकी भाउजु युन यांगले थप्पड लगाएकी थिइन् । उनले झाओल जनाजान यस्तो गरेको सोचेकी थिइन् । तर अब यस्तो समस्या सुल्झाउन उनीहरुले प्लास्टिक सर्जरी गर्ने निष्र्कष निकालेका छन् । उनीहरुले हनिमूनमा जानु अगावै प्लास्टिक सर्जरी गरेर एकअर्कामा फरक छुट्याउने भएका छन् । उनीहरु सबैको उमेर २२ वर्षको छ । उनीहरुले सर्जरीका लागि सांघाईस्थित अस्पतालको भ्रमण गरिसकेका छन् ।एजेन्सीको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका