WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOckfVQ2dOdVG5zHslhWxNRSQDJOoD.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 03:43:01', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २६–
व्यवस्थापिका सँसद सदस्य रामकृष्ण घिमिरेले निर्वाचन गरेर सँविधान कार्यान्वयन भए मात्रै पूर्व प्रधानमन्त्री एबंम् नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गिय सुशील कोईरालाको सम्मान हुने बताउनु भएको छ । उहाँले सँविधान सँशोधनसँगै कार्यान्वयनका लागी शिर्ष नेतृत्व तह एक हुनु पर्ने भन्दै देशमा देखिएको समस्या समाधान गदै अघि बढ््नु पर्नेमा जोड दिनु भयो । सविधान जारी गर्ने समयमा कोईरालाले गरेको योगदानको मूल्याँकन हुन नसकेको भन्दै उहाँले त्यसतर्फ केन्द्रित हुने समय आएको बताउनु भयो ।
नेपाल विद्यार्थी सँघ चितवनले मानवसेवा आश्रममा आयोजना गरेको कार्यक्रममा सँसद सदस्य घिमिरेले यस्तो बताउनु भएको हो । स्वगिर्य सुशील कोइरालाको प्रथम स्मृति दिवसका अवसरमा आज आश्रम रहेका बृद्धाबृद्ध अपाङ्ग असहाय गरि ५१ जनालाइ एक छाक खाना खुवाइएको हो । नेपाल विद्यार्थी सँघ चितवनका सभापति सृर्य ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँगे्रस चितवनका उपसभापति कैलाश कोइराला, मैयादेवि कन्या कलेजकी नेविसघँ सभापति विनिता चापागाईलगायतले बोल्नु भएको थियो ।