WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTYDji7us6DxDI6er7jpm983N726ms0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 18:21:30', '', 'admlnlx', 'admlnlx')
काठमान्डौं, माघ २६-
पुरुषका लागि गर्भनिरोधको अस्थायी साधनको रुपमा कण्डमको भरपर्दो विकल्प अहिलेसम्म छैन । तर वैज्ञानिकहरुले एउटा यस्तो जेल तयार पारेका छन्, जसले पुरुषले प्रयोग गर्ने अस्थायी साधन कण्डमको विकल्प दिनेछ ।
पुरुषमा गर्भनिरोधको एक नयाँ प्रविधि बाँदरमा सफलतापूर्वक परीक्षण गरिएको छ । उक्त विधिमा एक विशेष जेल क्रिमका माध्यमबाट शुक्रकिटको प्रवाह रोकिन्छ ।भेसल क्रिमलाई पुरुषको उक्त नलीमा हालिन्छ जहाँबाट शुक्रकिटहरु लिंगतर्फ प्रवाहित हुन्छन् ।पुरुष गर्भनिरोधक क्रिम बनाउने कम्पनीका अनुसार दुई वर्षको परीक्षणपछि यो क्रिम कामयावी रहेको पुष्टि भएको छ र भाले बाँदरमा यसले सकारात्मक नतीजा दिएको छ ।अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताहरुले १६ वटा भाले बाँदरमा उक्त जेलको परीक्षण गरेका थिए ।
आगामी केही वर्षमा यसलाई मानिसमा प्रयोग गर्न सकिने बताइएको छ । यदि मानिसमा गरिने परीक्षण पनि सफल भयो र उक्त क्रिमको प्रयोगलाई कानूनी समर्थन प्राप्त भयो भने यो भेसल जेल कण्डम बाहेकको पहिलो पुरुष अस्थायी गर्भनिरोधको साधन हुनेछ । बीबीसी