WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFS3s8TqBhl0BD4ZmLJqZsKuNDavLq0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 23:11:26', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २५–
रत्ननगर नगरपालिका र लुमन्ती आवासका लागी सहयोग समूहको सहकार्यमा संचालित बाल शिक्षा कार्यक्रमको मंगलबार अनुगमन गरिएको छ । रत्ननगरका विभिन्न पाँच वटा विद्यालयमा दुई वटा संस्थाले गरेको सहयोगको प्रभावकारीताबारे सरोकारवाला निकायले अनुगमन गरेको हो ।
रत्ननगरको वडा नम्वर–११ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय जमुनापुर क, रत्ननगर ८ स्थित वैरिया मावि, रत्ननगर ९ स्थित, पञ्चदिप राप्रपा, रत्ननगर–१० स्थित पञ्चतेज ज्योती राप्रवि र रत्ननगर–७ स्थित कपरखोरी माविलाई कम्प्युटर सहयोग गरेको थियो । सहयोग गरिएको कम्प्युटरको प्रभावकारीताका बारे नगरपालिका,लुमन्ती,नेपाल सुकुम्वासी सुधार समिति,पत्रकारको टोलीले अनुगमन गरेको लुमन्ती आवासका लागी सहयोग समुहका संयोजक सिंहवहादुर लामाले जानकारी दिए ।
अनुगमनका क्रममा जमुनपुर राप्रविमा मात्रै रुपमा पर्याप्त कम्प्युटरको प्रयोग भएको र अन्य विद्यालयमा प्रभावकारी हुन नसकेको पाईएको संयोजक लामाले बताए । अनुगमनमा लुमन्तीका संयोजक लामा, नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख पुष्पराज आचार्य, नेपाल सुकुम्वासी सुधार समितिका कोषाध्यक्ष हरि नेपालीलगायतको सहभागीता रहेको थियो ।