Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हिमालयन शेर्पा सिमरा गोल्डकपको सेमिफाइनलमा – Gaule Khabar

हिमालयन शेर्पा सिमरा गोल्डकपको सेमिफाइनलमा

हिमालयन शेर्पा सिमरा गोल्डकपको सेमिफाइनलमा

सिमरा, माघ २५ –

रुपन्देही-११ लाई पन्छाउँदै हिमालयन शेर्पा सिमरामा जारी रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार भएको खेलमा रुपन्देहीमाथी १-० को जित निकाल्दै शेर्पा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।शेर्पाको जितमा निशान लिम्बुले निर्णायक गोल गरे । खेलको ५२ आैं मिनेटमा लिम्बुले गरेको गोलनै निर्णायक बन्यो ।

साविकको उपविजेता रुपन्देहीले खेलको सुरुवात आकर्षक गरेपनि गोल गर्ने थुप्रै राम्रा अवसर चुकाएको थियो । खेलको ३ मिनेटमै रुपन्देहीका दिपक राई प्रहार उत्कृष्ट प्रहार शेर्पाका गोलरक्षक किशोर गिरीले बचाउ गरे ।खेलको २० औ मिनेटमा शेर्पाका सुरज हमाल वन भर्सेस वानको स्थितिमा चुके । उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । सुरुवातदेखी राम्रा अवसरको सिर्जना गरेका दुबै टिमको फिनिसिङ भने सन्तोषजनक रहन सकेन ।

खेलको दोस्रो हाफमा भने शेर्पाले रुपन्देहीलाई सुरुवातदेखीनै दवावमा राख्यो । शेर्पाले आक्रामक खेल खेल्दै दोस्रो हाफको सुरुवातमै गोल गर्दै खेलमा अग्रता लिएको हो । शेर्पाका निशाल लिम्बुले एकल प्रयासमा डिबक्स भित्रबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।खेलको एक गोलले पछि परेपछि दवाव झेल्न पुगेको रुपन्देहीका खेलाडीलाई शेर्पालाई रोक्न हम्मेहम्मे पर्‍यो । शेर्पाले ६४ औं मिनेटमा शेर्पाका बिश्वास श्रेष्ठले मिलाएको क्रसमा दुई खेलाडी गोल गर्न चुके । विश्वासको क्रसलाई सुरज हमाल र रिचार्ड पुनले सदुपयोग गर्न सकेनन् ।

दोस्रो हाफमा सुरुवात देखीनै पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा जितका लागी शेर्पाले अन्तिम समयसम्म संघर्ष गनुर्‍यो । खेलको अन्तिम पाँच मिनेटमा खेलमा र्फकने थुप्रै अवसर सिर्जना गरेको रुपन्देहीले स्कोर गर्न नसक्दा हार आत्मसाथ गर्न बाध्य भयो ।खेलको म्यान अफ दि म्याच शेर्पाका निशान लिम्बु घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे । प्रतियोगिता अन्तर्गत मंगलवार विभागीय टिम त्रिभुवन आर्मी क्लब र वीरगन्ज युनाईटड क्लबबिच हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका