Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमालेको नयाँ रोडम्याप– सरकारको औचित्य सकियो, अब राष्ट्रिय सहमति कायम गरौं – Gaule Khabar

एमालेको नयाँ रोडम्याप– सरकारको औचित्य सकियो, अब राष्ट्रिय सहमति कायम गरौं

एमालेको नयाँ रोडम्याप– सरकारको औचित्य सकियो, अब राष्ट्रिय सहमति कायम गरौं

काठमाडौं,माघ २५ –

जेठमा स्थानीय निर्वाचन हुने सम्भावना क्षीण बन्दै गएपछि एमालेले नयाँ प्रस्ताव अघि सारेको छ । सरकार निर्वाचन नगराउने दिशामा अघि बढेको भन्दै उसले राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने प्रस्ताव अघि सारेको हो ।

यसका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरु ‘ट्रयाक टु’ वार्तामा रहेको स्रोतले जानकारी दिएको छ ।

उनीहरूले नेपाली कांग्रेसका केही प्रभावशाली नेताहरुसँग पनि यसबारेमा कुराकानी गरेको बताइएको छ ।

निर्वाचन गराउन नसक्ने सरकारको औचित्य नरहेको निष्कर्षसहित नेकपा एमालेले अब निर्वाचन गराउन सक्ने सहमतिको सरकार गठनको प्रयास थालेको स्रोतले जानकारी दियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेर अब सरकारको औचित्य सकिएकाले नयाँ शिराबाट अघि बढ्नुपर्ने प्रस्ताव पनि अघि सारेका थिए ।

“यो सरकार गठन हुनु आवश्यक नै थिएन,” एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, “सरकारले संविधान कार्यान्वयन गर्न सकेन र निर्वाचन गराउने दिशामा पनि अघि बढ्न सकेन, अब प्रमुख दलबीच सहमतिको नयाँ सम्भावनाको खोजी गर्नुपर्छ ।”

उनले राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुबाहेक अन्य विकल्प नरहेको जिकिर गरे । “नेकपा एमाले, नेपाली कांग्रेस, ९माओवादी० केन्द्रबीच नयाँ सहमति कायम हुन जरुरी छ । प्रमुख पार्टीहरू एक ठाउँमा उभिइसकेपछि मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउन सजिलो हुन्छ,” उनले भने, “पुनः यस्तै सरकार गठन गरेर समस्याको निराकरण गर्न सकिँदैन ।”

उनले मधेसी मोर्चालेसमेत सरकारले जालसाजी गर्‍यो भनिसकेकाले यो सरकारबाट मुलुकले निकास नपाउने ठोकुवा गरे । “तीन दल एकठाउँमा बसेर सहमति कायम गर्दै चुनाव हुने वातावरण तयार पारौं । ०७४ माघसम्ममा तीनै तहको निर्वाचन नभए मुलुक गम्भीर संकटमा फस्छ । त्यसपछि सरकारको नेतृत्वबारे सोचौँला ।”

निर्वाचन प्रमुख भएकाले सरकारको विषय गौण भएको जिकिर गरे । “निवार्चनको वातावरण तयार पारौं । त्यसपछि सरकारको बारेमा छलफल गर्न सकिन्छ,” उनको भनाई थियो, “कांग्रेस, एमाले माओवादीमध्ये सरकारको नेतृत्व गर्ने, सरकारमा सहभागी हुने र सरकार बाहिर बस्नेलगायतका विषयमा छलफल गर्न सकिन्छ ।”

जेठमा निर्वाचन गर्न समय घर्किसकेको छैन

यद्यपी उनले जेठमा निर्वाचन गर्न समय घर्किनसकेको बताए । “निर्वाचनसम्बन्धि कानुन पास गरेर अगाडि बढ्न बाधा छैन ।

मतदाता नामावली तयार हुँदैछ । दलहरू पनि निर्वाचनका लागि तयार छन् । सुरक्षा निकाय पनि तम्तयार छन्” उनले भने, “सरकारले चाहने हो भने जेठमा निर्वाचन गराउन कुनै बाधा छैन ।”

उनले सरकारको काम को आउँछ र आउँदैन भनेर पर्खिएर बस्ने नभइ निर्वाचनको वातावरण बताउने भएको जिरह प्रस्तुत गरे । “मधेसी मोर्चा आउँदैन कि, एमाले सहभागी हुँदैन कि भनेर बस्ने होइन,” उनले भने, “निर्वाचनको तयारीमा जुट्ने हो ।” – बाह्रखरीबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका