Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
क्रसर व्यवसायीहरुको प्रतिवेदन अध्ययन हुँदै – Gaule Khabar

क्रसर व्यवसायीहरुको प्रतिवेदन अध्ययन हुँदै

क्रसर व्यवसायीहरुको प्रतिवेदन अध्ययन हुँदै

नवलपरासी, माघ २५ –

नवलपरासीका क्रसर व्यवसायीहरुले जिल्ला विकास कार्यालय नवलपरासीमा नदीजन्य वस्तुको स्रोत खुलाएर प्रतिवेदन बुझाएका छन् ।
एक साता अगाडि जिविसले क्रसर व्यवसायीलाई खोलाको स्रोत खुलाउन निर्देशन दिएको थियो । जिल्लामा सञ्चालित १२ क्रसर व्यवसायीले संयुतm रुपमा बुझाएको प्रतिवेदनमाथि अनुगमन तथा छानविन समितिले अध्ययन गर्ने स्थानीय विकास अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो ।
जिविसले छानविन नगरेसम्म जिल्लाका क्रसर उद्योग ठप्प रहने उहाँले बताउनुभयो । जिल्लामा रहेका १२ वटा क्रसर उद्योगमा ८ लाख ७ सय ५९ घनमिटर नदीजन्य वस्तु मौज्दात रहेको जिल्ला स्तरीय अनुगमन समन्वय समितिले अनुगमनका क्रममा भेटाएको थियो ।
व्यवसायीहरुले जिविसले अनुगमनका क्रममा भेटाएको त्यस्तो वस्तुको परिमाण भनिएको भन्दा करिव २ लाख घनमिटर कम मात्रै आफूहरुसँग रहेको बताएका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका