Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नमुना बस्तीका लागि धुर्मुस-सुन्तलीले अष्ट्रेलियामै उठाए ६५ लाख – Gaule Khabar

नमुना बस्तीका लागि धुर्मुस-सुन्तलीले अष्ट्रेलियामै उठाए ६५ लाख

नमुना बस्तीका लागि धुर्मुस-सुन्तलीले अष्ट्रेलियामै उठाए ६५ लाख

काठमाडौं, माघ २५ –

तेस्रो नमुना बस्ती निर्माणका लागि सहयोग संकलन गर्न आएका धुर्मुस-सुन्तलीलाई अष्ट्रेलियाबाट ८२ हजार डलर करिब ६५ लाख रुपैयाँ सहयोग जुटेको छ । करिब ३ साता लामो सहयोग संकलनको अभियान पूरा गरेर उनीहरु मंगलबार नेपाल फर्किएका छन् ।

सांगीतिक कार्यक्रमसहित महोत्तरीमको मुसहर बस्तीमा निर्माण भइरहेको तेस्रो एकीकृत नमुना बस्ती निर्माण सम्पन्न गर्न सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) हास्य कलाकार दीपक आचार्य र गायक भरत सिटौला सहित अष्ट्रेलिया आएका थिए । उनीहरुले अष्ट्रेलियाका चार मुख्य सहरहरु सिड्नी, मेलबर्न, एडिलेड र ब्रिसबनमा आयोजना गरिएको कार्यक्रमबाट ८२ हजार डलर संकलन गरेका हुन् ।

‘अष्ट्रेलियाबाट हामीले अपेक्षा गरेभन्दा धेरै माया मात्र नभएर सहयोग समेत पायौं’ नेपाल फर्किन लागेका कट्टेल र घिमिरेले कान्तिपुरसँग भने– ‘जसका लागि यहाँका नेपाली, नेपालीभाषी भुटानी र अन्य सहयोगकर्ताप्रति ऋणि छौं ।’ उनीहरुका अनुसार करिब ५० लाखको सहयोग संकलन हुने अपेक्षा राखेका उनीहरुले आफूले सोचेको भन्दा राम्रो सहयोग जुटेकोमा खुसी व्यक्त गरे । तर पनि अझै करिब २ करोड ५० लाख रुपैयाँ संकलन गर्न बाँकी रहेको सुनाउँदै उनीहरुले नयाँ वर्षमा मुसहर बस्तीका स्थानीयवासीलाई ५० घर हस्तान्तरण गर्ने आफ्नो लक्ष्य पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

मुख्य आयोजक गजबको इभेन्टका प्रदीप चापागाईंका अनुसार अष्ट्रेलियाको सिड्नीबाट २५ हजार, मेलबर्नबाट २३ हजार, एडिलेडबाट १५ हजार र ब्रिसबनबाट १९ हजार डलर सहयोग संकलन भएको छ । सहयोग संकलन अझै जारी नै रहेकाले यो रकम बढ्नसक्ने समेत उनले बताए ।

धुर्मुस-सुन्तलीलाई अष्ट्रेलियामा रहेका नेपालीहरु मात्र नभएर नेपालीभाषी भुटानीहरुले समेत सहयोग गरेका थिए भने उनीहरुको हास्यव्यङ्ग कार्यक्रमबाट समेत दर्शकहरुले मनोरञ्जन लिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका