Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रियल मड्रिडलाई पछि पारेर बार्सिलोनाले जित्छ–नेइमार – Gaule Khabar

रियल मड्रिडलाई पछि पारेर बार्सिलोनाले जित्छ–नेइमार

रियल मड्रिडलाई पछि पारेर बार्सिलोनाले जित्छ–नेइमार

स्पेन,माघ २५ –

स्पेनिस ला लिगाको उपाधि यो सिजन पनि बार्सिलोनाले नै जित्ने नेइमारले बताएका छन् । आफू र टिमका साथीहरु रियल मड्रिडलाई पछि पारेर यो सिजन पनि क्लबलाई उपाधि दिलाउन सक्षम रहेको नेइमारको दाबी छ । बार्सिलोना अहिले शीर्ष स्थानको रियल मड्रिड भन्दा एक अंकले मात्रै पछि छ । तर रियल मड्रिडले बार्सिलोनाले भन्दा दुई खेल कम खेलेको छ । गणितीय रुपमा नै उपाधिको सम्भावना नसकिएसम्म क्लब उपाधिका लागि प्रयासरत रहने र अहिले क्लबको सम्भावना धेरै रहेको नेइमारको भनाई छ ।

रियल मड्रिडले गएको सिजन धेरै अंकले पछि परिसकेको अवस्थामा पनि लिगका पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्दै बार्सिलोनालाई दबाब दिएको थियो । नेइमारले भने ‘हो, केही असजिलो छ तर केही कुरा पनि असम्भव हुँदैन । गएको सिजन हामी दोस्रो स्थानको क्लब भन्दा १२ अंकले अघि थियौं । उपाधि हामीले मात्रै एक वा दुई अंकको अन्तरले मात्रै जित्यौं ।’

नेइमारले यो सिजनका अझै धेरै खेल बाँकी रहेको भन्दै बार्सिलोना उपाधिको बलियो दाबेदार रहेको र आफूहरु रियल मड्रिडलाई पछि पारेर उपाधि उचाल्नका लागि सक्षम रहेको बताए । नेइमारले ला लिगा युरोपकै सबैभन्दा कडा लिग रहेको पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका