Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ढुंगा, बालुवा र गिट्टीको चोरी रोक्न नवलपरासीमा विशेष टोली – Gaule Khabar

ढुंगा, बालुवा र गिट्टीको चोरी रोक्न नवलपरासीमा विशेष टोली

ढुंगा, बालुवा र गिट्टीको चोरी रोक्न नवलपरासीमा विशेष टोली
नवलपरासी, माघ २५ –  
नवलपरासीका विभिन्न खोलाहरुबाट अवैधरुपमा ढुंगा, बालुवा तथा गिट्टीको चोरी–निकासी बढेको भन्दै नियन्त्रणका लागि जिल्ला विकास समितिले सशस्त्र सुरक्षाकर्मीसहितको विशेष टोली परिचालन गरेको छ ।
स्थानीय विकास अधिकारी युवराज कटेलकाअनुसार खोलाहरुको दोहन गर्दै चोरी–निकासी बढेपछि सशस्त्र सुरक्षाकर्मी सम्मिलित ‘र्‍यापिड एक्सन टिम’ गठन गरेर परिचालन गरिएको हो ।
विभिन्न पाँच स्थानमा टोली बनाएर खटाइएको छ । ती स्थानबाट दिनहुँजसो अवैधरुपमा ओसार–पसारमा प्रयोग भएका सवारी–साधनहरु फेलापरेको कट्टेलले जानकारी दिए । यसैबीच, ढुंगा तथा बालुवाको स्रोत नखुलाएको भन्दै एक साताअघिदेखि बन्द गरिएका नवलपरासीका क्रसर उद्योगहरुले जिविसमा विवरण बुझाएका छन् ।
उनीहरुले उद्योगहरुमा बिक्री भएका र स्टकमा रहेका उत्पादनको विवरण सोमबार जिविसमा बुझाएका हुन् । विवरण बुझाएपनि क्रसर उद्योग भने सन्चालनमा आएका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका