Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मधेसलाई कुनै शक्तिले अलग गर्न सक्दैन: गृहमन्त्री निधि – Gaule Khabar

मधेसलाई कुनै शक्तिले अलग गर्न सक्दैन: गृहमन्त्री निधि

मधेसलाई कुनै शक्तिले अलग गर्न सक्दैन: गृहमन्त्री निधि

काठमाडौं,माघ २४-

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेपालको अखण्डतासँग खेलबाड गर्नेमाथि कडा कारबाही गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै उनले भने, ‘ मधेस भनेको नेपाल हो । यसलाई कुनै पनि शक्तिले अलग गर्न सक्दैन ।

संविधान, शासन प्रणाली तथा कानुनमा रहेका कमीकमजोरीलाई सच्याएर अघि बढनु पर्ने उल्लेख गर्दै मन्त्री निधिले मधेसी जनता विखण्डन नचाहेको बताए । संविधान कार्यान्वयन तथा एक वर्षभित्र तीन तहको निर्वाचन गराउनु वर्तमान सरकारको दायित्व भएको उल्लेख गर्दै गृहमन्त्री निधिले संविधानलाई सर्वस्वीकृत बनाउन संशोधन आवश्यक भएको बताए ।

मुलुकमा विद्यमान असन्तुष्टीहरुलाई खेलाएर केही प्रतिगमनकारी तथा उग्रवामपन्थी शक्तिहरु अस्थिरता मचाउन खोजेको उल्लेख गर्दै मन्त्री निधिले सरकार यावत चुनौतीहरुको सामना गर्न तयार रहेको बताए ।गृहमन्त्री निधिले समाजसेवी प्रेक्षा मल्ल तथा मोहन महथालाई दोसल्ला तथा प्रशस्तीपत्र प्रदान गरेर सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई भावुक बनेका थिए । राई ६ दिनपछि अनिवाई अवकास हुँदैछ ।आफ्नो ३० वर्षे सेवाकालमा देश र जनताको हितलाई सर्वोपरी मानेको उल्लेख गर्दै उनले भने, ‘ म अध्ययनको लागि काठमाडौं जाँदा मेरो खुट्टामा चप्पल समेत थिएन । मेहनत र इमानदारीसाथ काम गरेकै कारण प्रहरी संगठनको प्रमुखसम्म भए ।’

गृहमन्त्री निधिले जनकपुर उमहानगरपालिका-१४ मुजेलियास्थित ४ विघा जग्गामा २ करोड ९५ लाख रुपैयाँको लागतमा निर्मित नव निर्मित भवनको उद्घाटन समेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका