Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बुटवलका बैंकमा अब नाईट भीजन सिसिटिभी क्यामरा अनिवार्य – Gaule Khabar

बुटवलका बैंकमा अब नाईट भीजन सिसिटिभी क्यामरा अनिवार्य

बुटवलका बैंकमा अब नाईट भीजन सिसिटिभी क्यामरा अनिवार्य

वुटवल,माघ २४-

बुटवलका हरेक बैंकको गेटमा नाईट भीजन क्यामेरा अनिवार्य राख्नुपर्ने भएको छ । बुटवलको सुरक्षा चुनौतिलाई मध्यनजर राख्दै बुटवलका हरेक बैंकका प्रमुख प्रवेशद्धारमा १५ दिन भित्र नाईट भीजनसहितको सिसिटिभी क्यामरा जडान हुने छन् । बैंक वित्तिय सस्थाको सुरक्षा कर्पोरेट कल्चर प्राविधिक प्रयोग सुरक्षा प्रणालीमा आजको आवश्यकता विषयक आज बुटवलमा आयोजना भएको अन्तरक्रियामा यस्तो निर्णय भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलको आयोजनामा भएको  कार्यक्रममा यहा ५० वटा ठूला बैंकका सिइओ तथा म्यानेजरहरुको सहभागिता थियो ।  सुरक्षा व्यवस्थाबारे चुस्त दुरुस्त अनुगमन गर्न सिकाउन बैंकका सुरक्षाकर्मीहरुलाई एक दिने सुरक्षासम्बन्धी अनुशिक्षण कार्यक्रम समेत सञ्चालन गरिने छ। यस्तो तालिम २ चरणमा सञ्चालन गरिने इलाका प्रहरी कार्यालय बुटवलले गर्ने इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका