Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अफगानिस्तानमा हिम पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु – Gaule Khabar

अफगानिस्तानमा हिम पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु

अफगानिस्तानमा हिम पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु

काबुल, माघ २४-

अफगानिस्तानको पुर्वीक्षेत्रमा पर्ने दुर्गम गाउँमा हिउँ पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

घटनामा अन्य कैयौँ घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । “यो दुखदायी प्राकृतिक प्रकोपले हाफ्सा गाउँ र विषेशगरी वर्ग इ मताल जिल्ला निकै प्रभावित भएको छ, प्रारम्भीक विवरणहरुका अनुसार कम्तीमा ५० जनाको मृत्यु भएको छ, अरु एक दर्जन घाइते भएका छन् ।” प्रान्तीय एक उच्च अधिकारीले सिन्ह्वालाई जानकारी दिए ।

पाकिस्तानको सीमा क्षेत्रमा भएको सो घटनामा परि मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अधिकारीले अनुमान गरेका छन् । अरु अनगिन्ती घरहरुमा क्षति भएको उनीहरुले जानकारी दिएका छन् । “प्रभावित क्षेत्रका सडकमा हिँउका कारण यातायात अवरुद्ध भएको छ भने उद्धार र सहयोगका लागि सुरक्षाकर्मी तथा उद्धारकर्मीहरु खटाइएको छ, उनीहरुले बाटोबाट हिउँ हटाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो ।

अफगानिस्तानका विभिन्न ठाउँमा भएको बाक्लो हिमपात र अत्याधिक जाडोका कारण पछिल्लो तीन दिनमा मात्रै ९० जनाको मृत्यु भएको छ । सोही अवधिमा हिँउले गर्दा झण्डै २०० ओटा घरमा क्षतिीपुगेको छ । गत चौविस घन्टाको अवधिमा अफगान सुरक्षा फौज र राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणको पहलमा झण्डै चालीस ओटा सवारी साधनका कैयौँ यात्रुलाई उद्धार गरिएको छ । -रासस÷सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका