Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिमरा गोल्डकपः साविक बिजेता विजय युथ सेमीफाईनलमा – Gaule Khabar

सिमरा गोल्डकपः साविक बिजेता विजय युथ सेमीफाईनलमा

सिमरा गोल्डकपः साविक बिजेता विजय युथ सेमीफाईनलमा

दुष्यन्त चौधरी,
बारा, माघ २३–

साविक बिजेता प्राइम पोलिक्लिनिक विजय युथ क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा आईतबार भएको खेलमा सरस्वती युथ क्लबविरुद्ध सडन डेथमा संघर्षपूर्ण जित हात पार्दै बिजय युथ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकर पनि ३–३ को बराबरीमा रोकिएपछि नतिजा सडन डेथबाट निस्किएको थियो । सडन डेथमा सरस्वतीका तिर्थ बस्नेतले प्रहार गरेको बल पोष्टमा ठोक्किदा बिजय युथका अशोक थापाले बिजयी गोल गरेका थिए ।

यसअघि निर्धारित समयमा दुबै टिमले बराबरी खेले । निकै रोमाञ्चक प्रतिस्पर्धामा दुबै टिमले गोल गर्ने थुप्रै अवसर चुकाएका थिए ।
खेलको म्यान अफ दि म्याच बिजय युथका गोलरक्षक अशोक बराल घोषित भए । उनले पाच हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार हिमालयन शेर्पा र रुपन्देही ११ बीच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका