Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी १९ औं वर्षमा – Gaule Khabar

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी १९ औं वर्षमा

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी १९ औं वर्षमा

नेपालगञ्ज, माघ २३–
कैलालीको टीकापुरबाटब्यबसाय सुरु गरेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी १९ वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सबकै अबसर पारेर सिद्धार्थ ग्रुपले सिद्धार्थ इन्ट्रिच्युट अफ हस्पिटालिटी सुरु गरेको छ ।
पर्यटन ब्यबसायका क्षेत्रमा आबश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएका सिद्धार्थ इन्ट्रिच्युटले स्वेदशी तथा विदेशी कलेजहरुसंग सम्बन्धन लिएर सर्टिफिकेट, डिप्लोमा र एक्जुकेटिभ डिप्लोमा लेबलका कोर्षहरु संचालन गर्ने तयारी गरि रहेको छ ।
काठमाण्डौको बानेश्वर चोक नजिकै कार्यालय रहेको सिद्धार्थ इन्ट्रिच्युटको आजै पर्यटन राज्यमन्त्री इन्द्र बहादुर बानियाँले उद्घाटन गरे ।
सिद्धार्थ इन्ट्रिच्युटको उद्घाटन गर्दे राज्यमन्त्री बानियाँले पर्यटन प्रवद्र्धन र हस्पिटालिटी ब्यबसायका क्षेत्रमा सिद्धार्थ ग्रुपले अग्रणी भुमिका खेलेको बताउदै पर्यटन ब्यबसायका क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा इन्ट्रिच्युटले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
वार्षिक उत्सबकै अबसरमा सिद्धार्थ ग्रुपका देशै भर रहेका शाखाहरुले विभिन्न रचनात्मक क्रियाकलापहरु गरेर मनाएका छन् ।
नेपालगन्जको सिद्धार्थ कटेज र होटल सिद्धार्थले संयुक्त रुपमा रक्तदान तथा नेपालगन्जको सुर्खेत रोडमा वृक्षरोपण गरेका छन् । रक्तदान कार्यक्रममा सिद्धार्थ ग्रुपका ३३ सदस्यहरुले रक्तदान गरेका थिए ।


त्यसैगरी सिद्धार्थ गु्रपको टिकापुर शाखाले टीकापुर अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको छ भने कर्णाली चिसापानी र सुर्खेत शाखाले नगर सरसफाई गरेका छन् । त्यसैगरी बुटबल शाखाले ज्ञान ज्योति पुस्तकालयलाई फर्निचर सहयोग गरेको छ ।
त्यसैगरी काठमान्डौको सुन्धारा, पुरानो बानेश्वर, तिनकुने र ललितपुरको धोबीघाट शाखाले संयुक्त रुपमा दुर्गम क्षेत्रमा गरिब बिपन्न एवंम भूकम्प प्रभाबित परिवारका सामुदायिक विद्यालयबाट एलएलसी पास गरेका ५ जना जेहेन्दार विद्यार्थीहरुलाई गु्रपद्धारा संचालित सिद्धार्थ इन्ट्रिच्युट अफ हस्पिटालिटीमा आबासिय सुबिधा सहित छात्राबृत्ति उपलब्ध गराउने घोषणा गरेका छन् ।


करिब २ दशकको अबधिमा यस ग्रुपले आफ्नो ब्यबसायलाई बिस्तार गर्दै पश्चिमको कैलाली देखि काठमाण्डौ सम्म रेष्टुरेन्ट, रिर्साेट, होटेल, हस्पिटालिटी इन्ट्रिच्युट, ट्रेड बिजनेश र बेकरी उद्योग गरी १७ वटा शाखाहरु संचालन गर्दै आएको आएको छ ।
ती १७ वटा शाखाहरुमा करिब १ हजार जना कर्मचारीहरुलाई रोजगारीको अबसर समेत प्रदान गर्दै आएको छ । ।
सिद्धार्थ गु्रपले निकट भबिश्यमै पूर्वी नेपाल लगायत देशका अन्य स्थानहरुमा नयाँ शाखा स्थापनाका लागि अध्ययन गरी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका