Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मदार बाबा मेलाको तयारी पुरा – Gaule Khabar

मदार बाबा मेलाको तयारी पुरा

मदार बाबा मेलाको तयारी पुरा

सहबान अन्सारी,
नवलपरासी, माघ २३–

नवलपरासीको कुडिया–७ महलबारीमा लाग्ने मदार बाबा मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।
मेलालाई सफल तथा श्रद्धालु भक्तजनहरुलाई सहज बनाउनका लागी मेलाको सबै तयारी पूर्ण रुपमा गरिएको मदरसा ईस्लामिया कुत्बुल शाह बाबा समितिले जनाएको छ ।
तयारी बारे आज आयोजित पत्रकार सम्मेलनमा मेलाको सबै तयारी पुरा गरेको मदार बाबा मेला ब्यवस्थापन समितिका संयोजक जमालुदिन अन्सारीले जानकारी दिए ।
आस्थाको केन्द्र रहको बदिउदिन जिन्दा शाह बाबाको यो ६०० औं मेला हो । बाबाको मुख्य मजार महलबारी देखी करिब ९ किलोमिटर टाढा पहाडमा अवस्थित रहेको हुँदा बाबाको मुख्य स्थल सम्म पुगेपछि मनोकामना पुरा हुने विश्वास रहेको छ ।
मदार मेलामा मुस्लिम र हिन्दु धर्मालम्बिहरुको समावेशी सहभागिता रहने गर्दछ ।
मेलामा हरेक साल नेपाल लगायत भारतको बिभिन्न ठाउँहरुबाट करिब १५ लाख भन्दा बढी भक्तजनहरु आउने गरेका छन ।
मदार मेला फाल्गुन ५ गते देखी १४ गते सम्म संचालन रहने अन्सारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका