Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
किसानका खेतमा जङ्गली बँदेलको समूहले बालीनालीमा नोक्सानी – Gaule Khabar

किसानका खेतमा जङ्गली बँदेलको समूहले बालीनालीमा नोक्सानी

किसानका खेतमा जङ्गली बँदेलको समूहले बालीनालीमा नोक्सानी

कञ्चनपुर, माघ २३-

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्रका किसानका खेतमा जङ्गली बँदेलको समूहले बालीनालीमा नोक्सानी पु¥याउन थालेको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र बेलडाँडी, झलारी पिपलाडी, बेदकोट क्षेत्रका किसानका खेतबारीमा जङ्गलबाट आएका बँदेलले गहुँ, मटर, मसुरो लगायतका बाली खाएर नोक्सानी पु¥याएको हो । दैनिक साँझ नपर्दै खेतबारीमा छिर्ने बँदेलको समूहले एक बिगाहा बढी क्षेत्रफलमा लगाएको गहुँ र मसुरो खानुका साथै खेतबारी फाँडेर नोक्सानी पु¥याएको बेलडाँडीका किसान मदनराज भट्टले बताउनुभयो ।

वर्षमा दुई पटक मात्रै खेतमा बाली लगाउँछौं उहाँले भन्नुभयो, “सबै बाली निकुञ्जका संरक्षित जनावरले खाएर सखाप पार्ने गरेकाले परिवार पाल्नका लागि मजदुरी गर्नु परेको छ ।” अन्न फलाउनका लागि प्रर्याप्त जग्गा भए पनि जनावरका कारण अन्न खरिद गरेर परिवार पाल्नुपरेको उहाँको गुनासो छ ।

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको आरक्ष किनारका बस्तीमा जङ्गली बँदेलले किसानको सयौँ बिघा जमिनमा लगाएको बालीनाली नोक्सान पु¥याउँदै आएको छ । बेदकोट नगरपालिकाका चम्फापुरका किसान प्रकाश राना समेत निकुञ्जबाट खेतमा छिर्ने बँदेल, चितल र निलगाईले गहुँबालीका नोक्सानी पु¥याउँदै आएको बताउनुहुन्छ ।

रानाका परिवारले खेतमै बनाइएको मचानमा रातभर पालैपालौ मिलाएर जनावर भगाउने गरेका छन् । एकथरी जनाबर भगायो अर्कोथरीले खेतमा छिरेर नोक्सानी पु¥याउने गरेको उहाँले बताउनुभयो । यस क्षेत्रका झन्डै दुई दर्जन बढी किसानको तीन बिगा बढी खेतमा जङ्गली जनावरले गहुँबालीमा नोक्सानी पु¥याएको छ । यसैगरी, झलारी पिपलाडी नगरपालिका– ३ पिपलाडीका किसानको खेतमा समेत बँदेलले दिउँसै नोक्सानी गर्दै आएको स्थानीय मनराखु चौधरीले बताउनुभयो । निकुञ्ज कार्यालयले जङ्गली जनावरले पु¥याएको क्षतिको मूल्याङ्कनका आधारमा क्षतिपूर्ति उपलव्ध गराउनु पर्ने यहाँका किसानको माग छ । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका