WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOo2fHnbRBtYUEFIEPGMxDPuCQ02Ag1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 06:17:26', '', 'admlnlx', 'admlnlx')
दोलखा, माघ २२–
उत्तरी दोलखालाई केन्द्रबिन्दु बनाएर आज गोरखा भूकम्पको अर्को परकम्प गएको छ ।
साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ रिक्टरको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
दोलखाको भिमेश्वरदेखि करिब आठ किलोमिटर उत्तरको सुन्द्रावती र लपिलाङको आसपास केन्द्र भएर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
झन्डै दुई महिनाको अन्तरालपछि पुनःपरकम्प गएको हो । यसअघि मङ्सिर १३ गते गोरखामा ४.१ रिक्टरको परकम्प गएको थियो ।
गत २०७२ वैशाख १२ को ७.६ रिक्टरको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७६ परकम्प गएको केन्द्रले जनाएको छ ।