Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विश्वको पहिलो ८ जिबी र्याम भएको स्मार्टफोन ‘असुस जेनफोन एआर’, क्यामेरा मात्रै ४ वटा – Gaule Khabar

विश्वको पहिलो ८ जिबी र्याम भएको स्मार्टफोन ‘असुस जेनफोन एआर’, क्यामेरा मात्रै ४ वटा

विश्वको पहिलो ८ जिबी र्याम भएको स्मार्टफोन ‘असुस जेनफोन एआर’, क्यामेरा मात्रै ४ वटा

माघ २२ –

प्रसिद्ध ताइवानी ब्रान्ड असुसले ८ जिबी र्याम भएको असुस जेनफोन एआर सार्वजनिक गरेको छ ।
सिइएस २०१७ मा प्रदर्शनीमा राखिएको यस स्मार्टफोन प्रोजेक्ट ट्याङगो अग्मेन्टेड रियालिटी ९एआर० र डेड्रिम भर्चुअल रियालिटी (भिआर) फिचरहरु पनि समावेश गरिएको छ । यी फिचर स्मार्टफोन दुनियाँमै पहिलोपटक प्रयोग गरिएको हो ।

५.७ इन्च क्यिुएचडी सुपर एमोलेड डिस्प्ले भएको स्मार्टफोनमा ३२, ६४, १२८ र २५६ जिबी इन्टरनल स्टोरेज, माइक्रो एसडी कार्ड सपोर्ट, २३ मेगापिक्सल रियर क्यामेरा, ८ मेगापिक्सल फ्रन्ट क्यामेरा, एन्ड्रोइड ७।० नगट ३३०० एमएएच ब्याट्रीलगायत छन् ।

स्मार्टफोनको अर्को आकर्षक पक्ष यसमा चार वटा क्यामेराको प्रयोग गरिएको छ जसमध्ये तीन वटा पछाडि रहेका छन् । पछाडि मूख्य क्यामेराको रुपमा २३ मेगापिक्सलको रियर क्यामेरा, मोसन ट्राकिङ क्यामेरा र डेफ्थ सेन्सिङ क्यामेरा रहेको छ । यसैगरी क्यामेराको अगाडि ८ मेगपिक्सलको क्यामेरा छ जस्ले वाइड एङ्गल सेल्फी खिच्न सक्दछ ।

फोनको वास्तविक मूल्य र आधिकारिक लन्च गर्ने मिति भने तोकिएको छैन । – एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका