Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रेस चौतारीको स्थापना दिवसमा चितवनका दुई पत्रकार पुरस्कृत – Gaule Khabar

प्रेस चौतारीको स्थापना दिवसमा चितवनका दुई पत्रकार पुरस्कृत

प्रेस चौतारीको स्थापना दिवसमा चितवनका दुई पत्रकार पुरस्कृत

चितवन,माघ २२-

प्रेस चौतारी चितवनले १९ औं स्थापना दिवसका अवसरमा शनिबार चितवनमा दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ। नारायणगढमा आयोजित कार्यक्रममा चौतारीले १५ हजार राशीको शारदा–तिलचन्द्र पत्रकारिता पुरस्कार पत्रकार कृष्ण गिरीलाई र १० हजार रुपैयाँ राशीको कमला स्मृति पत्रकारिता पुरस्कार पत्रकार कोमल भगतलाई प्रदान गरेको हो। गिरी नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुन् भने भगतको टेलिभिजन पत्रकारितामा महत्वपूर्ण योगदान छ।

पत्रकारिता मार्फत समाज सेवामा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको प्रेस चौतारी चितवनले जनाएको छ। पुर्व अर्थमन्त्री तथा सांसद सुरेन्द्र पाण्डेले उनीहरुलाई दोसल्ला ओढाएर नगद सहित कदरपत्रले सम्मान गरे। सम्मान कार्यक्रममा बोल्दै पाण्डेले पुरस्कारले पत्रकारहरुलाई हौसला दिनमा मद्दत गर्ने भन्दै देश विकासमा पत्रकारको भूमिका महत्वपूर्ण हुने प्रतिक्रिया दिए। चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले अन्य जिल्ला भन्दा चितवनमा पत्रकारिताको विकास राम्रो रहेको भन्दै प्रशंसा गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका