Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
केटाकेटीलाई मनपर्ने चलचित्र ‘कुङ फु योगा’ – Gaule Khabar

केटाकेटीलाई मनपर्ने चलचित्र ‘कुङ फु योगा’

केटाकेटीलाई मनपर्ने चलचित्र ‘कुङ फु योगा’

माघ २२ –

इन्टरटेन्मेन्ट, साइन वर्क पिक्चर्स
स्टारकास्टः ज्याकी चेन, सोनु सुद, अमायरा दस्तुर, दिशा पाटनी
संगीतः कोमेल– शिवान
प्लटः ज्याकी चेन यस पटक भारतीय कलाकारसँग मिलेर एक विशेष चलचित्र दिनेछन् ।
ज्याकी चेनको नाम आउने बित्तिकै तपाईँ सामु एक फुर्तिला अभिनेताको तस्बिर आइहाल्छ । जस्तोसुकै अवस्थामा पनि उनी उत्कृष्ट एक्सनका साथ अघि बढ्छन् । यसपटक पनि यस्तै जादूमयी कामका साथ ‘कुङ फु योगा’ का साथ ज्याकी चेन तयार छन् ।

चलचित्रको कथा निर्देशन, अभिनय र संगीतका आधारमा चलचित्रको भाष्कर अनलाइनले समीक्षा गरेको छ ।

यो चलचित्रलाई भाष्करले उत्कृष्ट निर्देशन, ज्याकी चेनको अभिनयको प्रशंसा र यसको एडभेन्चर बालबालिका लागि अझ मनोरञ्जनकारी हुने बताएको छ ।

कथा
यो कथाको सुरुआत ईशापूर्व ३०० मा भएको एउटा नाटकसँग सुरु हुन्छ । जब चीनको ट्याङ साम्राज्यका व्यक्ति भारतको मगध साम्राज्यको मद्दत गर्दै दुष्ट अरुणासवामाथि विजय प्राप्त गर्न कोशिश गर्छन् । र कथा पुनः वर्तमानमा चीनमा आधारित हुन्छ ।

जहाँ प्रोफेसर ज्याक ९ज्याकी चेन० आफ्ना विद्यार्थीलाई पढाउँदै गरेको देखिन्छन् । ज्याक एक पुरातत्वविद् हुन्छन् । जो संग्राहलयमा प्रत्येक विद्यार्थीलाई इतिहासको जानकारी दिइरहेका हुन्छन् ।

त्यसैबेला भारतको राजस्थानकी प्रोफेसर अस्मिता ९दिशा पाटनी० आफ्नी असिस्टेन्ट कायरा ९अमायरा दस्तुर० लाई लिएर ज्याकसँग भेट्न चीन पुग्छिन् । तिनीहरूसँग कैयौँ वर्ष पुराना तस्बिर नक्सा हुन्छन् । जुन ज्याकलाई हस्तान्तरण गर्छन् र त्यसको रहस्यबारे जान्न चाहन्छन् ।

नक्सालाई देख्ने बित्तिकै ज्याक, अश्मिता, कायरा र आफ्नो पूरै टिमसँग मगध साम्राज्यको हराएको खजाना ९बहुमूल्य सम्पत्ति० को खोजीमा लाग्छन् । जसमा अनेकौँ कठिनाइ आउँछन् ।

यसैबीच यो काममा रेन्डल ९सोनु सुद० को पनि आँखा लागि रहेको हुन्छ । जसले त्यो सम्पत्तीमाथि आफ्नो अधिकार खोजिरहेको हुन्छ । कथामा कैयौँ ट्वीस्ट आउँछन् । चीनबाट दुबई र फेरि भारतको राजस्थानसम्म चलचित्र पुग्छ । अन्त्यमा एउटा क्लाइमेक्सले चलचित्रको कथालाई बिट मारिदिन्छ । यो जान्नका लागि भने तपाईँले चलचित्र नै हेर्नैपर्छ ।

निर्देशन

चलचित्रको निर्देशन गज्जबको छ । भीएफएक्स, ब्याकग्राउन्ड र एक्सन सिक्वेन्स गजबका छन् । चलचित्रको लोकेसन पनि लोभ लाग्दो छ । दृष्यलाई हेर्दा क्यामेराको काम पनि राम्रो देखिएको छ ।

चलचित्रको कथा मध्यान्तर अघि सुस्त गतिमा बगेको छ । तर, मध्यान्तरपछि तीव्र गतिमा बगेको छ । कैयौँ एक्सन सिक्वेन्समा वास्तवमै ज्याकी चेनको उपस्थिति देखाउँछ । विशेष गरेर बालबालिकाले यो एडभेन्चरलाई आत्मीय मान्नेछन् ।

स्टारकास्टको पर्फर्मेन्स

चलचित्रमा ज्याकी चेनको भूमिका गज्जबको छ । विशेष गरेर एक्सन सिक्वेन्स हेर्न लायक छ । अमायरा दस्तुरको काम पनि राम्रो छ । त्यहीँ दिशा पाटनीको दृष्य पनि राम्रो छ । सुरुआतको डबिङ केही हल्लिएको जस्तो थियो । जसलाई सिंक गर्नु जरुरी थियो । यता सोनु सुदको भिलेन अवतार अझै पनि उत्कृष्ट हुन सक्थ्यो । ज्याकी चेनका अघि यो अवतार अत्याधिक कमजोर देखिन्थ्यो । अनौठो र अचम्मको कुरो त अन्तमा यो भूमिका सबैसँग डान्स पनि गर्न थाल्यो ।

चलचित्रको संगीत
चलचित्रको व्याकग्राउन्ड स्कोर राम्रो छ । तर, अन्तिमको गीत मात्रै ज्याकी चेनका लागि देख्न सकिन्छ । चलचित्र सँगै क्लाइमेक्ससँग यो गीत फिट हुँदैन ।

हेर्ने या नहेर्ने
यदि तपाईँ ज्याकी चेन र उनको एक्सनको ठूलो फ्यान हुनुहुन्छ भने एक पटक अवश्य हेर्नुहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका